चलचित्र : पलपलमा
निर्देशक : उकेश दाहाल
अभिनय : दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिँह, विक्रान्त बस्नेत, रुपा राना, सुजाता सिटौला, उषा पौडेल, शशी खड्का
निर्माता : हरिहर आचार्य
संगीत :महेश खड्का
सेन्सर सर्टिफिकेट : ए
रिलिज : उपत्यका

राहुल, आदित्व, विवेक तथा देव एउटै कलेजमा पढेका साथी हुन् । विशेषगरि राहुल र आदित्यबीच गहिरो मित्रता छ । उनीहरुको काठमाडौंको एउटा टोलीमा सँगै बस्छन् ।

विद्यार्थीको जीवन त्यसमाथि काठमाडौंको 'हाइफाइ' जीवनले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । पैसाको अभावमा उनीहरु इच्छा पुरा गर्न सक्दैनन् ।

अनायस उनीहरु एउटा रहस्यमय काम गर्न थाल्छन् । यी दुई साथी सम्पन्नतातर्फ अघि बढ्छन् तर एकअर्कासँग आफ्नो काम लुकाउँछन् ।

कलेजमा संगीता र विवेक एकअर्कालाई प्रेम गर्छन् तर संगीतलाई देवले पनि मनपराउँछ । धनाढ्य आमा रस्मिलाकी धर्मपुत्री मालिनी राहुलकी प्रेमिका हुन् ।

पैसाको अभावमा पनि आफूलाई गरिव भन्न नरुचाउने राहुलले रातारात पैसाको खोलो बगाउन थालेपछि उनी चकित हुन्छिन् । धनी परिवारकी आधुनिक युवती मोनिका आदित्यको व्यक्तित्वबाट निकै प्रभावित छिन् ।

यो चलचित्र आठ जना चरित्रको वरिपरी जेलिएको छ । प्रेमका विभिन्न स्वरुप यो चलचित्रमा हेर्न पाइने निर्देशक दाहालले बताए । यो चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितिले 'ए ग्रेड'को सर्टिफिकेट दिएको छ । यो चलचित्रको एउटा गीत 'अंगालोभरिको माया' प्रदर्शनअगावै चर्चित छ ।

चलचित्रमा एउटा पनि द्धन्द्ध छैन ।

कतारमा 'गंगाजल' र 'सिलसिला'

नेपाली चलचित्रको बजार बिस्तारको लागी चलचित्रकर्मीहरूले ग्लोबल मार्केटलाई बिशेष ध्यान दिन थालेका छन् । पछिल्लो समयमा नेपाली चलचित्रहरू बिदेशमा प्रदर्शन हुने क्रम निकै बढेको देखिन्छ ।
यहि क्रममा थुप्रै नेपालीहरू रहेको देश कतारमा पनि नेपाली चलचित्र प्रदर्शन हुँदैछ । रेड मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालीले कतारमा पहिलो पटक नेपाली चलचित्रको बिशेष प्रदर्शन गर्दैछ । नायिका सोभिता सिंखडा र कतारमा बस्दै आएका सञ्चारकर्मी निराजन भण्डारीको पहलमा दुई चलचित्र 'गंगाजल' र 'सिलसिला' कतारको दोहा स्थित दोहा सिटी प्लाजामा बिशेष प्रदर्शन हुँदैछ ।
चलचित्र 'सिलसिला' इदको तेस्रो दिन प्रदर्शन हुँदैछ भने 'गंगाजल' सेप्टेम्बर १७ तारिखका दिन प्रदर्शन हुँदैछ । प्रदर्शन हुन लागेका प्रस्तुत दुई चलचित्रलाई कतारबासी नेपालीहरूले मन पराईदिएमा आगामी दिनहरूमा थुप्रै राम्रा-राम्रा नेपाली चलचित्रहरू प्रदर्शन गरिने कार्यक्रम संयोजक निराजन भण्डारीले जानकारी दिए । सो कार्यक्रमको फिल्मीखबर डटकम मिडिया पार्टनर रहेको छ ।

कोही मेरो

आज शुक्रबार काठमाडौं उपत्यकालगायत नेपालभर एकसाथ सार्वजनिक हुन लागेको चलचित्र 'कोही मेरो'का निर्देशक आलोक नेम्वाङ हुन् । म्युजिक भिडियो निर्देशनपछि दुई वर्षअघि चलचित्र 'सानो संसार'मार्फत चलचित्र निर्देशन क्षेत्रमा  आएका आलोकको निर्देशनको यो दोस्रो चलचित्र हो । चलचित्रमा चार जना साथी छन् अभी, आश्ना, प्रयास र दिव्या । आश्ना र प्रयासबीच पुरानो चिनाजान हुन्छ, तर अभीकै कारण उनीहरू अलग हुन्छन् । अभी एउटा यस्तो चरित्र हुन्छ,  जो मित्रतामा पनि महत्त्वकांक्षा रोज्छ । समयचक्रसँगै एउटा यस्तो अवस्थाकोसिर्जना हुन्छ, प्रेम पाउन उसलाई मित्रताकै सहारा चाहिन्छ । आश्ना भने परिवार र समाजले सही मानेको कार्य गर्न रुचाउँछिन् । प्रेम भन्ने कुरा परिवार र  समाजभन्दा माथिल्लो दर्जामा हुन्छ भन्ने कुरा उनलाई बुझाउनुपर्ने हुन्छ । प्रेमले त्याग माग्छ, चलचित्रको रिल घुम्दै जाँदा यो कुरा यी चारै जनाले थाहा पाउँछन् । जोमसोम, चितवन, पोखरा तथा काठमाडौंका दृश्यलाई मनमोहक ढंगबाट  खिचिएको एवं नयाँ पुस्ताले रुचाउने प्रविधि अपनाइएकाले पनि यो चलचित्रलाई बहुप्रतिक्षित चलचित्र मानिएको छ ।
मुभिज डटकमको निर्माणमा राजेश बंशल प्रस्तुतकर्ता रहेको चलचित्र 'कोही मेरो'मा सुरेश अधिकारी, वसन्त सापकोटा तथा सुरेश राईको संगीत सुन्न पाइन्छ । आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सञ्चिता लुइूटेल, दिनेश शर्मा,  राधा लम्साल 'भावु', तृप्ति नाडकर आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रमा राजुविक्रम थापाले छायांकन, प्रवीण अधिकारीले कथा-पटकथा लेखन तथा सुबोध श्रेष्ठ र प्रकाश तुलाधरले सम्पादन कार्य गरेका छन् ।  चलचित्रका निर्माता सुरज वंशल 'जितु' हुन् ।

फस्टलभ

आज शुक्रबारदेखि नेपालका दर्जनौं सहरका अधिकांश चलचित्र भवनबाट एकसाथ सार्वजनिक हुने चलचित्र 'फस्टलभ' कलेज जीवनको प्रेमकथामा आधारित छ । प्रस्तुतकर्ता माधव वाग्लेको कथामा प्रचण्ड श्रेष्ठले पटकथा एवं संवाद तयार पारेको यो चलचित्रमा दुई किसिमको प्रेमकथा हेर्न पाइन्छ । एउटा कथा त्रिकोणात्मक प्रेममा आधारित छ भने अर्को रहस्यमय प्रेमकथा पनि समावेश छ । चलचित्रको कथाअनुसार आयुष चञ्चले मन भएको युवक हो । उसको अवधारणामा प्रेम एकपटक मात्र हुँदैन, धेरै पटक हुन्छ र ऊ प्रेमलाई खेलका रूपमा वर्णन गर्छ । आभा आफ्नो जीवनको पहिलो प्रेमलाई सफल बनाउने प्रयासमा हुन्छिन् । उनको अवधारणामा प्रेम पटक-पटक नहुन सक्छ । उनी चञ्चले आयुषलाई मन पराउँछिन् ।